गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले रामनवमीको शुभ अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। आज जारी गरेको आफ्नो सन्देशमा भनेका छन्, रामनवमीको शुभ अवसर, मान्यता अनुसार भगवान श्री विष्णुको सातौं अवतार भगवान रामको जन्मको उत्सव हो जसलाई चैत्र नवरात्रिको अन्तिम दिन प्रत्येक वर्ष देशभरि रामनवमीको रूपमा मनाइन्छ। यस अवधि शक्ति स्वरूप मॉं भगवतीको पनि पूजा अर्चना गरिन्छ।राज्यपालले भनेका छन्, भगवान राम करुणा, कर्तव्यपरायणता, सहनशीलता, न्यायका प्रतीक हुन्। यो पर्व हाम्रो निम्ति श्री रामको जीवनबाट प्रेरणा लिने अवसर हो र हामी सबैलाई दृढताका साथ सत्यको मार्गमा हिड्ने प्रेरणा प्रदान गर्दछ। उनले हामीलाई सत्यको मार्ग देखाए र हामीलाई कर्तव्यप्रति समर्पणका मूल्यहरू र निःस्वार्थ कर्मको सिद्धान्तको शिक्षा दिए।उनले अझ भनेका छन्, म प्रार्थना गर्दछु कि प्रभु श्री रामले हाम्रो समग्र संस्कृतिलाई समृद्ध गर्दै एकजुट भएर सबैको भलाईको निम्ति काम गर्ने हाम्रो संकल्पलाई सशक्त गरिदिउन्। आदि शक्ति माता भवानीको शक्ति र भगवान श्रीरामको उच्च आदर्शले हामीलाई आफ्नो राज्य र राष्ट्रप्रतिका कर्तव्यहरू निर्वाह गर्न नयॉं शक्ति प्रदान गरुन्।