कालचिनीः जयगाउँ र हाँसीमाराका ब्याङ्कबाट रुपियाँ निकालेर आउने ग्राहकहरूलाई लन्ड्याएर पैसा लिएर चम्पट कस्ने घटना प्रकासमा आएको २४ घन्टाभित्रै अलिपुरद्वार जिल्ला पुलिसको एन्टी क्राइम टीमले अलिपुरद्वार क्षेत्रबाट ५ जना फ्रडलाई पक्राउ गर्न सफल भएको छ। जयगाउँको एउटा ब्याङ्कबाट रुपियाँ झिकेर निस्कने बेला उक्त फ्रडहरूले एकजना युवकबाट डेढ़ लाख रुपियाँ लुटेर चम्पट कसेको थियो भने यस सम्बन्धमा जयगाउँ थानामा अभियोग दर्ता भएको आधारमा पुलिसको एन्टी क्राइम टीमले यी फ्रडहरूलाई समाउन अभियान चलाईरहेको क्रममा बुधबार अलिपुरद्वारको विभिन्न क्षेत्रबाट ५ जना फ्रडहरूलाई पक्राउ गरेपछि जिल्ला अदालतमा उभ्याएको थियो भने अझै यस गिरोहको भन्डाफोर गर्न पुलिसले ५ जनालाई रिमान्डमा लिएको बताएको छ।
पक्रा पर्ने ५ जना क्रमैले बलेस्टर महत्तो, ओमप्रकाश कुमार, राहुल कुमार, ब्रह्मदेव रघुवीर महत्तो र रुपराज महत्तो बिहार मोतीहारी निवासी रहेको पुलिस सुत्रले जनाएका छन्। यिनीहरूको तार कहाँसम्म फैलिएको छ यसको पत्तो लगाउन पुलिसले छानबीन शुरू गरेको जनाएका छन्।