एसियन हाइवेमा गाडी पल्टिँदा दुईजना घाइते

Capture6-6

कालचिनीः जिल्लाको कालचिनी ब्लकको दलसिङपाड़ा क्षेत्रमा एसियाली राजमार्गमा भएको भीषण सडक दुर्घटनामा दुई जना घाइते भएका छन्। हाँसीमारा जाँदै गरेको चारपाङ्ग्रे गाडी बुधबार दिउँसो दलसिङपाडा क्षेत्रमा अनियन्त्रित भई पल्टिएको बताइएको छ। जसका कारण गाडीमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घटनालगत्तै स्थानीयले घाइतेलाई उद्दार गरी लताबारी ग्रामीण अस्पतालमा पुऱ्याएका थिए। यहाँ घटनाको जानकारीमा, जयगाउँ थानाको पुलिस घटनास्थल पुग्यो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement