सिलगढीः सिलगढीको वार्ड नम्बर ३८ को सुकान्तनगर इलाकामा एक गर्भवती महिला सडकमा सुतिरहेको अवस्थामा फेला परेकी छन्। त्यसपछि ती महिलालाई सडकबाट उठाएर सिलगढी जिल्ला अस्पताल पठाइएको थियो। गर्भवती महिला केही दिनदेखि सो क्षेत्रमा घुमफिर गर्दै आएको स्थानीयले बताएका छन्। त्यसपछि वर्ड पार्षद दुलाल दत्तको पहलमा स्थानीय विद्यालयको तर्फबाट महिलालाई खाना खुवाउने व्यवस्था गरिएको थियो। तर, महिलालाई घर कहाँ छ भनेर सोध्दा उनले भनेनन्।
यहाँ आज अचानक ती महिलाको पेट दुख्न थालेपछि उनी सडकमा लडेकी हुन्। त्यस पछि कर्पोरेटरको सहयोगमा महिलालाई उद्धार गरी सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल आएपछि महिलाले आफ्नो नाम मालती घोष र श्रीमानको नाम रतन घोष बताइन्। जबकि घर जलेश्वरी क्षेत्रमा रहेको बताइएको छ। अहिले उनको महिला अस्पतालमा उपचार भइरहेको छ।