सिलगढीः सिलगढीमा मोहन बागानको नाममा सडकको नामकरण गरिने यो सडकको उद्घाटन अप्रेल २ तारिख हुनेछ। मेयर गौतम देवले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। महानन्द लालमोहन निरञ्जन घाट मार्गको नयाँ नाम ‘मोहन बागान एभिन्यू’ हुने बताइएको छ। यससँगै ईस्टबङ्गाल लेन र इस्काँन टेम्पल रोडलगायत तीनवटा सडकको उद्घाटन गरिने भएको छ। उद्घाटन समारोहमा मोहन बगान क्लबका सचिव देवाशिष दत्त र अन्य महानुभावहरूको उपस्थिति रहनेछ।
मेयर गौतम देवले यो नगरका लागि गौरवको विषय भएको बताए। शताब्दी पुरानो क्लब मोहन बगानको नाममा यही २ अप्रेलमा सडक उद्घाटन हुँदैछ। सबै कार्यक्रम सिलगढी नगर निगमले आयोजना गरिरहेको छ। मोहन बागान क्लबका दुई प्रतिनिधि यसअघि नै सहरको भ्रमण गरिसकेका उनले बताए।