सिलगढीः सिलगढी महानगरपालिकाको भक्तिनगर थानाको पुलिसले चोरीको ल्यापटप २४ घण्टाभित्र बरामद गरेको छ। यस घटनामा टोटो चालक पक्राउ परेका छन्। अभियुक्तको नाम बाबुल हुसेन हो। उनी मूल रूपमा चोपडाका बासिन्दा हुन्।जानकारीका अनुसार युपीका इन्जिनियर रामप्रकाश कुशवाहा सरकारी संस्थाअन्तर्गतको एक कम्पनीमा बिजुली सम्बन्धी कामको सिलसिलामा सिलगढी आएका थिए। यसैबीच गत २७ मार्च टोटोमा बसेर सेवक रोडमा रहेको सपिङ मल पुगे। त्यही क्रममा टोटोमा आफ्नो झोला राखेर उनी केही किन्न पसलमा गए।
फर्केर आउँदा टोटो नरहेको थाहा पाए। त्यसपछि उनी युपी फर्किए। यहाँ उनले हिजो भक्तिनगर पुलिस थानाको अनलाइन वेबसाइटमा उजुरी दिएका हुन्। उजुरीका आधारमा अनुसन्धानमा संलग्न प्रहरीले सेवक रोडमा मल अगाडि जडान गरिएको सिसिटिभी फुटेजबाट टोटो चालकलाई पहिचान गरेको थियो। त्यसपछि भक्तनगर पुलिस थानाले आरोपी टोटो चालकलाई गतराति पक्राउ गरेको हो। पुलिसले आरोपी टोटो चालकबाट चोरीको ल्यापटप र झोला पनि बरामद गरेको छ। यसैबीच, आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरिएको छ।