नाम्ची: आजदेखि तीन दिनव्यापी इकोटुरिज्म फेस्टिभल शुरू भएको छ। यस फेस्टिभलको आयोजना नाम्ची वाइल्ड लाइफ डिभिजन, स्थानीय पञ्चायत र किताम टुरिज्म डेभलपमेन्ट कर्पोरेशन सोसाइटीको सहयोगमा किताम इकोटुरिज्म फेस्टिभल आयोजक समितिले गरेको हो। आजको कार्यक्रममा नयाँ बजार-जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानव मुख्य अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रूपमा एसकेएम पार्टीको उपाध्यक्ष तिलक बस्नेत उपस्थित थिए। इकोटुरिज्म फेस्टिभलको मुख्य आकर्षण सिक्किमका जातीय खान-पानको प्रदर्शनी र बिक्री, साँस्कृतिक नृत्य, ग्रामीण खेलकुद, माउण्टने बाइक राइडिङ, रिबर राफ्टिङ आदि रहेको छ। कार्यक्रममा डीएफओ टीबी सुब्बाले यस फेस्टिभलको मुख्य उद्देश्य ग्रामीण पर्यटनलाई प्रोत्साहित गर्नु रहेको बताए। कार्यक्रममा सोरक-स्यामपानीका ग्राम पञ्चायत देवीका राई, किताम-मानपूर जीपीयूका ग्राम पञ्चायत अध्यक्ष दिपक भण्डारी, पूर्व ग्राम पञ्चायत अध्यक्ष एवं आयोजक समितिका अध्यक्ष सावेत्री छेत्री, जिल्ला पञ्चायत सदस्य रेमिका तामाङ आदिको पनि उपस्थिति रहेको थियो।