नारी सशक्तिकरणमाथि तीन दिवसीय तालिम

n485035330168010784852886bb8e6f2204857b10af4994897034ee0ed4e842118bd78c55921e91ab533d4e.jpg

नाम्ची: सोरेङ जिल्ला अन्तर्गत कलुक खण्ड प्रशासन केन्द्रस्थित कलुक खण्डमा नारी सशक्तिकरणमाथि तीन दिवसीय तालिम भइरहेको छ। सो तालिम राज्य संस्थान ग्रामीण विकास कर्फेक्टारको तत्वावधानमा साथै सिक्किम ग्रामीण आजीविका मिशन कलुक खण्डको सहयोगमा आयोजना गरिएको थियो।खण्ड प्रोजेक्ट म्यानेजर-प्रभारी छिरिङ डोमा भोटियाले आमन्त्रित स्रोत वक्ता र अन्य अतिथिहरूलाई माल्यार्पण गरेर स्वागत जनाए। गत २८ मार्चदेखि शुरू भएको यस तालिम भोलि ३० मार्चमा समापन हुनेछ।
श्रोत वक्ताका रूपमा क्रिसिल फाउण्डेशन सिक्किमका क्षेत्र प्रबन्धक हेमकुमार छेत्री उपस्थित रहेका थिए। उनले सिक्किम सरकारले भर्खरै कार्यान्वयन गरेको आमा योजनाको पछाड़ि पनि एउटा घरको आर्थिक विकाससँगै आमाहरूको सशक्तिकरण गराउने उद्देश्य रहेको बताए। उनले केन्द्र सरकारले कार्यान्वयन गरेका सामाजिक सुरक्षा योजनाहरूको बारेमा पनि अवगत गराए। साइबर फ्रडबारे बोल्दै उनले सबैजना जानकार बन्नुपर्ने सुझाउ साझा गरे।
मङ्गलबारे वित्तीय साक्षरता केन्द्र सेन्टर प्रबन्धक सबिन राईले पनि आफ्नो मन्तव्य राख्दै जबसम्म नारीहरू पूर्ण रुपमा सशक्त बन्दैनन्, तबसम्म नारी नेतृत्व सम्भव नहुने बताए। आजको यस तालिममा पञ्चायत सदस्य मायादेवी गुरूङ, अनुराधा गुरूङ, फिल्ड कोडिनेटर सबिया प्रधान, एमआईएस सुचित्र प्रधान, ब्लक डेभलपमेन्ट सोसाइटी कलुक ब्लकका स्वयं सहायता महासंघ अनि स्वयं सहायता समूहका सदस्याहरू, ब्लक डेभलपमेन्ट सोसाइटीका कोषाध्यक्ष मालाती सुब्बा आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement