एटीटीसी र सीसीसीटीको संयुक्त दीक्षान्त समारोह समपन्न

n4850353241680109964377176d6c6aea3bd968fcf899b8187b4a71dd5db750e2a40fe5d0b972a4aaf830a3.jpg

गान्तोक: बरदाङमा सञ्चालित एटीटीसी र जोरथाङस्थित चिसोपानीमा सञ्चालित सीसीसीटीको पहिलो दीक्षान्त समारोह राजधानीस्थित मनन केन्द्रमा भव्यरूपमा सम्पन्न भयो। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यसै गरी शिक्षा मन्त्री केएन लेप्चा विशिष्ट अतिथि थिए। दीक्षान्त समारोहमा दुई वटा कलेजका कूल ४०३ जना विद्यार्थीहरूलाई डिग्री प्रदान गरेको छ। दुई वटा कलेजको संयुक्तरूपमा दीक्षान्त समारोह पालन गरिएको सिक्किमको इतिहासमा पहिलो पल्ट रहेको बताइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले डिग्री हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ परिश्रम गरेर भविष्य उज्जवल बनाउन आग्रह गरे। आज सबै विद्यार्थीहरू आ-आफ्नो पारम्पारिक भेषभुषामा सजिएर आएकोमा उनले खुशी प्रकट गरे।
उनले एसकेएम पार्टी सरकारमा आएको केही महिनामा एउटा नोटिफिकेसन जारी गरेर सबै विद्यालयहरूमा हप्तामा नभए महिनामा एकपल्ट आफ्नो जातीय पोशाक लगाउनु पर्ने निर्देश जारी गरेको जानकारी गराए। यसरी सबै समुदायका विद्यार्थीहरूले जातीय पोशाक लगाउनाले साम्प्रदायिक सद्भावना झल्किने मुख्यमन्त्रीले बताए। आज डिग्री हासिल गर्ने विद्यार्थीहरूमा महिला छात्राहरूको संख्या अधिक रहेको पनि उनले खुशी प्रकट गर्दै यसलाई नै नारी सशक्तिकरणको संज्ञा दिए। आगामी दिनमा राज्यका प्रायः सबै विभागमा महिला सचिवहरूको संख्या अधिक हुने उनले सम्भावना व्यक्त गरे। उनले २१औं शताब्दीका विद्यार्थीहरूले मानसिकतामा परिवर्तन ल्याउनु पर्ने सुझाउ राखे। पढाईको प्रमाण पत्र थापेर नौकरी खोज्ने होइन नौकरी उपलब्ध गराउन सक्ने स्थितिमा आफुलाई पुऱ्याउनु पर्छ भनी उनले बताए। कोशिश गरे कुनै पनि कुरा असम्भव नरहेको बताउँदै विद्यार्थीहरूले यो अन्तिम प्रमाण पत्र नसोचेर अझ यस प्रकारको प्रमाण पत्र धेरै प्राप्त गर्ने योग्यको आफुलाई बनाउनु पर्ने उनले सुझाउ दिए। यदि कुनै पनि विद्यार्थीहरूले आर्थिक समस्याका कारण पढ्न नसकेको खण्डमा सरकार साथै आफु सदैव नीहरूको साथमा रहने आश्वासन दिए।कार्यक्रमलाई शिक्षा मन्त्री केएन लेप्चाले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement