राज्यपाल लक्ष्मण प्रसाद आचार्यले वाराणसीमा गरे सिक्किमको प्रशंसा

Untitled-1-copy-79

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई वाराणसीमा भव्य स्वागत जनाइयो। उनी सिक्किमका राज्यपाल भएपछि पहिलोपटक जन्मभूमि वाराणसी गएका हुन्। यस अवधि उनलाई लालबहादुर शास्त्री अन्तरराष्ट्रिय विमानस्थलमा अनि निजी वासस्थानमा क्षेत्रवासीले भव्यताको साथ स्वागत जनाए।

स्वागत जनाउने क्रममा राज्यपालले सिक्किमको सुन्दरता, शालीनता अनि समृद्ध संस्कृतिको प्रशंसा गरे। सिक्किमको अधिक सम्भावनाहरूलाई लिएर आफ्नो जन्मभूमि अनि कर्मभूमिमा समन्वय बनाउने अनि यस दिशामा कार्य गर्न राज्यपाल आचार्यले दृढ़ संकल्प गरे। गृहनगर वाराणसी पुगेपछि राज्यपाल पहिला कराँची चोकमा अवस्थित संविधानका जनक बाबा साहेब अम्बेडकरको प्रतिमाअघि श्रद्धासुमन अर्पण गरे।

यसपछि नादेसरमा उनले युवाहरूको प्रेरणाका स्रोत विवेकानन्द अनि एकता, अखण्डताका प्रतीक सरदार बल्लभ भाइ पटेलको प्रतिमाअघि श्रद्धासुमन अर्पण गरे। यसैबीच बनारस हिन्दु विश्वविद्यालयका संस्थापक भारतरत्न पण्डित मदन मोहन मालवीयको बीएचयू रोड़मा अवस्थित प्रतिमाअघि श्रद्धाञ्जली अर्पण गरे। राज्यपाल आचार्यले देशका दोस्रो प्रधानमन्त्री एवं स्वाधीनता सेनानी लाल बहादुर शास्त्रीलाई पनि श्रद्धाञ्जली दिए। यसवाहेक उनले आफ्नो पैतृक निवास शिशु शिक्षा निकेतन पुगेर आफ्ना पुर्खालाई पुष्प अर्पण गर्दै उनीहरूबाट आशीर्वाद लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement