
कुचबिहारः कुचबिहार जिल्लाको मेखलीगञ्ज ब्लकमा नर्थ बंगाल फ्रन्टियरको जलपाईगढ़ी सेक्टर अन्तर्गत ९८औं बटालियनको बर्डर आउट पोस्ट (बीओपी) चेङ्गराबन्धामा बुधवार सीमा सुरक्षा बल (बीएसएफ) ले सिविक एक्शन प्रोग्रामको आयोजना गऱ्यो। महानिरीक्षक अजय सिंहले कार्यक्रम को उद्घाटन गरे। बीएसएफ अधिकारी, विद्यार्थी र बीओपी चेङ्गराबान्धा वरिपरिका गाउँका ग्रामीणहरू कार्यक्रम मा उपस्थित थिए।
बीएसएफको अनुसार सीमा जवान भारत-बांग्लादेश सीमाको सुरक्षा बाहेक सीमावर्ती क्षेत्रहरूमा आयोजित गरिरहेको सिविक एक्शन कार्यक्रमहरू अन्तर्गत चिकित्सा सहायता र अन्य आवश्यक वस्तुहरू प्रदान गरी सीमावर्ती क्षेत्रहरूमा बस्ने मानिसहरूको सहायता गर्दै आईरहेको छ। कार्यक्रममा मेखलीगञ्ज-भोटबाड़ी योग केन्द्रको निम्ति कम्प्यूटर र योग म्याट प्रदान गरियो। ग्रामीणहरूका लागि सोलर लाइट, विश्वासपाडा र लोथमारीको निम्ति आरओ फिल्टर र नृत्यांगन नृत्य अकादमीको निम्ति वाद्य यन्त्र आदि प्रदान गरियो।