गोरुबथान- आज गोरुबथान ४३ नम्बर समष्टि र ४४ नम्बर समष्टि भ्रमणमा आइपुगे हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस । सोमबारे बजार धर्मशाला क्षेउमा रहेको आफ्नो पार्टी कार्यालयमा आफ्ना पार्टी कार्यकर्ताहरूसित भेटेर सबैसित सोमबारे बजार तथा वरिपरिका क्षेत्रहरू घुम्दै ४३ नम्बर समष्टिका प्रार्थी जोन ब्रिटो सरको लागि सर्वसाधारणसित भोट अपिल गर्ने कार्यक्रम रहेको छ। यसलाई तिनले परिवर्तन यात्राको नामकरण दिएका छन्। उनी आफ्नो पार्टीको उम्मेदवारको लागि ४५ वटा नै समष्टिमा परिवर्तन यात्रा लिएर जाने क्रममा गोरुबथान ४३ नम्बर समष्टिमा छन्। यसै क्रममा गोरुबथानका पत्रकारहरू सम्मेलन पनि गरे।











