कञ्चनजङ्घा स्टेडियमलाई नयाँ ढंगले सजाईने छ : गौतम देव

7be8450e-58bf-46ea-8e71-fc7473040282

सिलगढी: सिलगढीको कञ्चनजङ्घा स्टेडियमलाई नयाँ ढंगले सजाइने भएको छ। नगर मेयर गौतम देवले आज सो जानकारी दिएका हुन्। साथै उनले लामो समयदेखि यस स्टेडियमको आजीवन सदस्यता लिएकाहरूलाई विभिन्न कार्यक्रमका लागि विशेष कार्ड दिने व्यवस्था गरेको तर अब यो विशेष कार्ड लिनका लागि परिचयपत्र दिनुपर्ने बताए। मेयर गौतम देवले सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। यसअघि स्टेडियम समितिले कुनै पनि कार्यक्रमका लागि आजीवन सदस्यता भएकालाई विशेष कार्ड दिने गरेको उनले बताए। तर, त्यसबेला परिचयपत्र चाहिँदैनथ्यो। जो कोही आएर यो कार्ड लिन सक्थे। यद्यपि हालको स्टेडियम समितिमा परिवर्तन हुन लागेको हो। अब जसको नाममा कार्ड छ, उसले परिचयपत्र सहितको कार्ड बुझाउनुपर्नेछ। यही अप्रेल ४ तारिख स्टेडियममा हुने कार्यक्रमका लागि ३१, १ र २ तारिख बिहान १० बजेदेखि ४ बजेसम्म यी कार्ड दिइनेछ। यो कार्ड स्टेडियमको फोसिन गेटबाट संकलन गरिने मेयरले बताए। यसका साथै उनले वैशाखमा दुईवटा निजी कार्यक्रमपछि यस क्षेत्रको अत्यन्तै महत्वपूर्ण सरकारी कार्यक्रम बाहेक यहाँ कुनै पनि निजी कार्यक्रम आयोजना नगर्ने पनि बताए। यो मैदान खेलका लागि मात्र प्रयोग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement