सिलगढी: मतिगडा नम्बर एक ग्राम पञ्चायत क्षेत्रमा पिउने पानीको समस्या समाधान गर्न ग्राम पञ्चायत निकै सक्रिय देखिन्छ। त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने खानेपानी आयोजनाको बुधबार उद्घाटन गरिएको छ। यस नयाँ परियोजनाको उद्घाटन मतिगडा नम्बर एक ग्राम पञ्चायतका प्रधान कृष्ण सरकारले गरेका छन्। कार्यक्रममा उपप्रमुख रेखा मल्लिकसहित पञ्चायत सदस्यहरूको समेत उपस्थिति रहेको थियो। प्रधान कृष्ण सरकारले सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै, मतिगडाको पेल्कुजोत क्षेत्रको आँगनवाडी केन्द्रमा खानेपानीको समस्या रहेको र यही समस्या समाधानका लागि यो पहल गरिएको बताएका छन्।