सडक निर्माण र नवीकरण कार्यको शिलान्यास

5c452dc2-68ca-46bc-b17d-8f9565325c98-1

जलपाइगढी: जलपाइगढी सदर ब्लकको बेलाकोबा ग्राम पञ्चायतको पहाड़पुर ग्राम पञ्चायतको बालापाडा र अरविन्द ग्राम पञ्चायतको सरकार पाडा क्षेत्रमा सडक निर्माण र नवीकरण कार्यको शिलान्यास गरिएको छ। जलपाइगढी जिल्लाका विभिन्न क्षेत्रमा सडक निर्माण र मर्मतसम्भारको शिलान्यास मुख्यमन्त्रीले मंगलबार भर्चुअल समारोह मार्फत गरेकी थिईन ।राज्यमा पथश्री र रास्ताश्री आयोजनामार्फत कुल १२ हजार किलोमिटर नयाँ र पुराना सडक निर्माण भएका छन्। अरविन्द ग्राम पञ्चायत अन्तर्गत नयापाडादेखि सरकारपाडा र गोमस्तापाडासम्म तीन किलोमिटर नयाँ सडकहरू, जलपाइगढी सदर ब्लकको पहाडपुर ग्राम पञ्चायतको बालापाडा क्षेत्रसँगै बेलाकोबा ग्राम पञ्चायतको रानीनगरसँग जोडिएका धेरै सडकहरूसँगै निर्माण भइरहेका छन्। यसबाहेक जलपाइगढीका चौरङ्गी मोड, रामकृष्णपल्ली, बैरागीपाडा, दंगापाड , आनन्दनगरलगायतका विभिन्न ठाउँमा सडक निर्माण र मर्मतसम्भारको काम भइरहेका छन। हिजो औपचारिक रुपमा यस कार्यको शिलान्यास गरिएको छ। सडक निर्माण गरेकोमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिन स्थानीयले जुलुस निकालेका थिए। अर्कोतर्फ जलपाइगढी बीजेपी शहर पर्यवेक्षक सौजित सिंहले राज्य सरकारले जनतालाई भ्रमित गरिरहेको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement