जलपाइगढी: जिल्लाको प्रत्येक ब्लक कार्यालयमा पशु प्रेमी, पशु कर्मचारी, पशु सेवी र एआई कार्यकर्ताहरूले मौन जुलूस निकाले। मौन जुलुसमा सहभागीहरूले कालो ब्याज लगाएका थिए। घरेलु जनावरहरूलाई लामो समयदेखि खोप लगाइँदै आएका उनीहरूले बताएका छन्। खोपको मूल्य पहिलेनै तय भइसकेको थियो। काम सकिएपछि खोपको खर्च बुझाउन निर्देशन दिइएको थियो। उक्त जुलुसमा संलग्न पशुसेवी र पशुप्रेमीहरू यो आदेश मान्न तयार छैनन्। त्यसको विरोधमा जिल्लाभरका पशु कर्मचारीले आज विभिन्न ब्लकमा रहेका पशु स्वास्थ्य केन्द्रमा कालोपट्टी बाँधेर विरोध र्याली निकालेका छन्। आफ्ना माग पुरा नभए सशक्त आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।