सडक किनारको रुखमा बस ठोक्किदा धेरै यात्री घाइते

ff651d35-1db0-4716-9db6-4a2ccb1497af-1

मालदा: हबीबपुर थानाको कुलडाङ्गा क्षेत्रमा बिहान एक निजी बस दुर्घटनामा परेको छ। बस मालदाबाट नलगोला जाँदै गरेको स्थानीयले बताएका छन्। बसले अचानक नियन्त्रण गुमाएर सडकको छेउमा रहेको रुखमा ठोक्कियो। घटना बुधबार बिहान हबीबपुर थानाको केन्दपुकुर क्षेत्रको कुलडाङ्गा क्षेत्रमा भएको हो। यस सम्बन्धमा एक यात्रीले, बस चालकले फोनमा कुरा गर्दागर्दै एक हातले चलाएको बस नियन्त्रण गुमाएपछि सडक छेउको रुखमा ठोक्किएको बताए। यस घटनामा धेरै मानिसहरू घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनापछि सडकमा केहीबेर यातायात ठप्प भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement