सिलगढी: सिलगढीको हिलकार्ट रोडमा एयर व्यू मोर नजिकैको पीडब्लुडी क्वार्टरमा आज बिहान अचानक आगलागी भएको छ। आगलागीबाट पुरै क्वार्टर जलेर नष्ट भएको छ। यहाँ आगलागीको खबर पाउनासाथ दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेको छ। लगभग ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीमा कुनै मानवीय क्षतिको खबर आएको छैन। आगलागीको कारण थाहा हुन सकेको छैन।