चियाश्रमिकहरूको रोज वृद्धिमा सासंद राजु विष्टले आलोचना होइन आभार प्रकट गर्नु पर्छ: एलबी राई

16-36-56-lb-1.jpg

मिरिक: चियाश्रमिकहरूको रोज वृद्धिमा सासंद राजु विष्टले आलोचना होइन आभार प्रकट गर्नु पर्छ। यसलाई चुनावी स्टण्ड भनोस् वा अन्य केही भनोस् तर राज्य सरकारले घोषणा गर्यो। उक्त मन्तव्य आज हिल टीएमसी चेयरमेन एलबी राईले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भनेका हुन्। उनले विष्टमाथि बर्सिदै भने, उनीहरूले हालसम्म के दिएको छ तर राज्य सरकारले श्रमिकहरूको निम्ति यति ठूलो घोषणा गरिसकेको छ। चिया श्रमिकहरूले वृद्धि भएको हाजिरा पाउनेछन् भने। हिजो मात्र राज्य सरकारको पक्षबाट चियाश्रमिकहरूको रोजमा पन्द्रह प्रतिशत बढोत्तरी गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि दार्जीलिङका सांसद राजु विष्टले आलोचना गर्दै यो ममता सरकारको चुनावी स्टण्ड रहेको बताएका थिए। अर्कोतिर राईले जीटीए चुनाउमा मिरिकबाट टीएमसीका तीनजना उम्मेद्वारहरू रहेको र उनीहरूको जीत निश्चित भइसकेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement