मानव उत्थान सेवा समितिद्वारा लोवर सिडर्समा सन्त समागम सम्पन्न

IMG-20230329-WA0262.jpg

सोनादा: मानव उत्थान सेवा समिति सिडर्स शाखाको तत्वावधानमा लोवर सिडर्स चियाबारीको सार्वजनिक भवनमा सन्त समागम सम्पन्न भएको छ। उक्त सन्त समागममा दार्जिलिङ तहसिल प्रभारी माहात्मा निलम्बरी बाइजीको उपस्थिति रहेको थियो भने कार्यक्रमको शुभारम्भ गर्दै सद्गुरू श्री सतपालजी महाराजको तस्वीरमा खदा अर्पण गरियो साथै दिप प्रज्वलन गरियो भने टाडाबाट आएका ललित निरौलाले आफ्नो सत्संग विचारमा राख्दै भने, समाचारमा चारैतिर दैहिक, दैविक र भौतिक व्याधिहरू फैलिएको देखिन्छ। अशान्ति, कलह, प्रपञ्च, दूराग्रह, दुर्घटना आदिको विस्फोट पछिवाट हुन्छ, पहिले त्यो मनुष्यको मनभित्र घटित हुन्छ।‌ भयंकर टक्राउ तथा युद्ध मनुष्यको मनबाटै उब्जन्छ। ऋषिहरूको प्राचीन कालमा नै दिशा दिएका थिए कि ‘मन एवं मनुष्याणां कारणं बन्ध मोक्षयो’ अर्थात् मन नै बन्धन र मोक्षको कारण हो। यसकारण शान्ति स्थापना पनि मनुष्यले मनको उल्झनहरूले पिडित भएर पनि त्यसबाट बाँच्ने स्थायी उपाय गर्न चाहादैन। बाहिरी दुनियाँमा जुन होहल्ला छ, जुन निरर्थक वार्तालाप वा द्वन्द्व आदि छन्, त्यो सबै सामान्यतः मनभित्रै भनिरहन्छन्, जसरी अडियो टेपले संग्रह गर्छ। तब के यस्तो हुन सक्दैन कि हाम्रो मनमा जरूरी चीजहरू वा कुराहरूको अतिरिक्त निरर्थक कुराहरू संग्रहित हुन नसकोस? कसैले अपशब्द बोलेर अपमान गर्दा एकाएक त्यसलाई ग्रहण गरेर हामी आक्रोशित भएर अज्ञानी किन बन्नु?’
यसैले समयमा समयको सत् गुरुबाट आत्माको ज्ञान लिएर यस भौतिक संसार संग संगै आध्यात्मिक क्षेत्रमा पनि बिकास गर्नु या त हुनु अवश्यक छ भनेर उनले जनमानसलाई आफ्नो सत्संग विचार राखे। कार्यक्रमको अघिल्लो चरणमा सिडर्स शाखाका बाल सभाका नानीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने भजन गायक रूबेन सुब्बा, मन्जला सुब्बा साथै बाल सभाका दिप कोइरालाले भजन प्रस्तुत गरेका थिए। यसको साथै जोनिता मोथेले पनि भजन प्रस्तुत गरेका थिए। उत्तर पूर्वाञ्चलका उपाध्यक्ष दिपक राईद्वारा आफ्नो सत्संग विचारमा मानव उत्थान सेवा समितिको बारेमा जानकारी गराउँदै मानव धर्म प्रणेता समयका सद्गुरूले समाज र देशको लागि आध्यात्मिक क्षेत्रमा गरेका योगदान उद्देश्य बारे पनि प्रकाश पारे। कार्यक्रमको अघिल्लो चरणमा माहात्मा निलाम्बरी बाइजीले भक्त समुदायलाई आफ्नो बिचारमा एक दोहाद्वारा सम्झाउँदै भने कि “आये हैं सो जायेंगे राजा रंक फकीर। एक सिंहासन चढ़ चला एक बाँधा जाय जंजीर।” कि संसारमा यो नियम छ कि हर क्रियाको प्रतिक्रिया हुन्छ। भगवान रामले बाण हानेर रावनको शिर काट्नु हुन्छ, तर रावनको शिर हरेक पल्ट फेरि जोडिन्छ। तब रावनको भाई विभिषणले भन्छ, प्रभु! रावण यसरी मर्नेछैन, उसको नाभिमा अमृत छ, यसकारण जति शिर काटे पनि जोडिन्छ, उसको नाभिमा बाणले हान्नुहोस्। जब प्रभु रामले रावणको नाभिमा बाणले हान्नुभयो, उसको अमृत सक्यो तब अत्याचारी रावणको मयण भयो। आज सम्म कोहि अमर भएको छैन। आजकल मेडिकल साइन्सले धेरै प्रगति गरेको छ। जब रोगको कुनै उपचार मिल्दैन, तब डाक्टरहरूले बीमारीलाई बेहोश पारेर फ्रिजमा राख्छन्, जब रोगको औषधि अथवा उपचार मिल्छ तब फेरि उसको उपचार गर्छन्। मर्नु त एक न एक दिन निश्चित छ नै, कोही पनि अमर रहँदैन। शरिरमा प्रभुको अंश जुन आत्मा छ त्यसको नाश कहिल्यै हुँदैन।’ उनले भने कि आत्मा जसद्वारा सारा जीवनको क्रियाकलाप हुन्छ, यो अविनाशी छ यसले आत्मालाई जान्न आत्मा ज्ञानको खोजी गर्नुपर्छ तब आत्माको उद्धार र मुक्ति हुन्छ। उत्तर पूर्वाञ्चलका उप सचिव चन्दन लकान्द्रीद्वारा सञ्चालित उक्त कार्यक्रममा तहसिल सचिव भक्त लामा, कुमार योन्जन, दिपक राई लगायत दार्जिलिङ शाखा, कल्लेजभेल्लि शाखा, सोनादा शाखा, पच्याङ्ग शाखा लगायत मुण्डा, रङ्मुङ्ग शाखाका प्रेमी भक्तहरू उपस्थित थिए। उक्त जानकारी शाखा प्रचार प्रसार सचिव अविनाश मोथेद्वारा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement