राजगञ्ज: आज बिहान एकजना अज्ञात व्यक्तिको मृतदेह फूलबारी महानन्दा ब्यारेजबाट उद्धार भएको छ। स्थानीय मानिसहरूले फूलबारी महानन्दा ब्यारेजको लक गेटमा एउटा मृतदेह देखे। यसपछि तिनीहरूले फाँसीदेवा थाना पुलिसलाई यसबारे सूचना दिए। खबर पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरे अनि यसपछि शवलाई पोस्टमार्टमको लागि अस्पतालमा पठाइदिए। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। अर्कोतिर, स्थानीय मानिसहरूले बताए अनुसार कहिले काही ब्यारेजमा बगाएर ल्याएको अज्ञात मानिसहरूको लाश देखिन्छ।