अन्तर्राष्ट्रिय फूटबलमा १०० गोल पूरा गरे मेस्सीले

photocollage_202332918542273.jpg

२९ मार्चः लियोनल मेस्सीले मंगलवार राति कुराकाओ विरुद्ध अन्तर्राष्ट्रिय मैत्री म्याचको पहिलो हाफमा ह्याट्रिक दर्ता गर्नको साथै अर्जेण्टिनाको तर्फबाट १०० वटा गोलको आँकड़ालाई पार गरे। गत वर्ष दिसम्बर महिना फिफा वर्ल्ड कपको खिताब जितेपछि आफ्नो दोस्रो अन्तर्राष्ट्रिय म्याचमा अर्जेण्टिनाले कुराकाओलाई ७-०-ले पिट्यो। पैंतीस वर्षीय मेस्सीले म्याचको २०औं मिनटमा टीमको निम्ति गोलको खाता खोले, जुन उनको अन्तर्राष्ट्रिय फूटबलमा १००औं गोल पनि थियो। त्यसपछि उनले ३३औं र ३७औं मिनटमा अझ दुईवटा गोलको साथ ह्याट्रिक पूरा गरे। मेस्सीको नाममा अहिले अन्तर्राष्ट्रिय फूटबलमा १७४ वटा म्याचमा १०२ गोल रहेको छ। अहिले उनी अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्नेहरूका सूचीमा केवल दुईजना पछि रहेका छन्। पोर्तुगलका दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डो १९८ वटा म्याचमा १२२ गोलको साथ शीर्ष स्थानमा रहेका छन्। यसरी नै ईरानका अली देईले १४८ वटा म्याचमा १०९ गोल गरेका छन्। भारतीय टीमका कप्तान सुनिल छेत्री १३३ वटा म्याचमा ८५ गोलको साथ पाँचौं स्थानमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement