१६ जूनः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले पूर्व क्रिकेटर र अम्पायरहरूका मासिक पेन्शनलाई बढ़ाउने फसेला गऱ्यो। बोर्डका सचिव जय शाहले सोशल मीडियामा यसबारे जानकारी साझा गऱ्यो। यसले लगभग ९०० जना पूर्व क्रिकेटर र म्याच अधिकारीहरूलाई फाइदा हुनेछ। यसमा धेरैको पेन्शनमा शत प्रतिशतको बढ़ोत्तरी गरिएको छ। पूर्व खेलाड़ीहरूले बोर्डको यस फसेलामाथि खुशी व्यक्त गरेका छन्। यसमा भारतीय क्रिकेट इतिहासका सर्वश्रेष्ठ फील्डरहरूमा गनिने मोहम्मद कैफ र लेग स्पिनर अमित मिश्रा पनि सामेल छन्। भारतको निम्ति १३८ वटा अन्तर्राष्ट्रिय म्याच खेल्ने कैफले ट्विट-मा लेखेका छन्, धन्यवाद बीसीसीआई। यो खेलबाट सन्न्यास लिइसकेका खेलाड़ीहरूका निम्ति महत्त्वपूर्ण कुरा हो। मेरो पिता, मोहम्मद तारिफ, पेन्शन पाएर सदा खुशी रहन्छन्। पैसाले सुरक्षा दिन्छ जबकि पहिचानले तपाईंलाई गौरवान्वित गर्छ।
कैफका पिता पनि क्रिकेटर थिए। आफ्नो पिताबारे बताउँदै कैफले अझ लेखेका छन्, मेरो पिताले ६० वटा प्रथम श्रेणीको म्याच खेले। लगभग ३००० रन बनाए, जसमा ५ वटा शतक सामेल छ। पैसा नहुँदा उनको पीढ़ीले खेललाई अघि बढ़ाउनमा सहायता गऱ्यो। उनको योगदानलाई याद गरी बीसीसीआईले ठूलो हृदयको परिचय दियो। यसरी नै अमित मिश्राले लेखेका छन्, यो बीसीसीआई र जय शाहको असाधारण फसेला हो। यस फसेलालाई आउँदो समयमा विदेशी बोर्डहरूले पनि अनुसरण गर्नेछ।
पेन्शनमा बद्लाउः
पुरुषहरूमा २००३ भन्दा अघि रिटायर हुने ५०-देखि ७४ वटा प्रथम श्रेणीको म्याच खेल्ने खेलाड़ीलाई पहिला प्रति महिना १५,००० रुपियाँ पेन्शन प्राप्त हुन्थ्यो, जुन अहिले बढ़ेर ३०,००० रुपियाँ प्रति महिना भएको छ। यसरी नै पूर्व टेस्ट खेलाड़ीहरूलाई ३७,५०० रुपियाँ गरेर प्राप्त हुन्थ्यो, जुन अहिले बढ़ेर ६०,००० रुपियाँ भएको छ। यसरी नै ५०,००० पेन्शन हुनेहरूलाई अब ७०,००० रुपियाँ गरेर प्राप्त हुनेछ। पहिला ३०,००० रुपियाँ गरेर पेन्शन पाउने महिला अन्तर्राष्ट्रिय खेलाड़ीहरूलाई अब ५२,५०० रुपियाँ गरेर प्राप्त हुनेछ। यसरी नै ७५ भन्दा अधिक प्रथम श्रेणीको म्याच खेल्ने अनि २००३ भन्दा अघि रिटायर हुने खेलाड़ीहरूलाई पहिला २२,५०० रुपियाँ प्रति महिना गरेर प्राप्त हुन्थ्यो भने अब ४५,००० रुपियाँ गरेर प्राप्त हुनेछ।











