दार्जीलिङ: गेल चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन भएको छ। तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत गेल चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सञ्जय लामाको उपस्थितिमा सम्पन्न भयो। सभामा रत्न योञ्जन, प्रजल राई आदि उपस्थित रहेको थियो। सभामा चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूको समाधान हेतु हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गर्ने निर्णय गरिएको छ जसमा सर्व सहमतिद्वारा अनुरूप देवराज छेत्रीलाई अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष कमला मंगर र मन्जना तामाङ, महासचिव रन्जीत मंगर,सह सचिव संजय प्रधान,सह सचिव केवल राणा,कोषाध्यक्ष धनकुमार मंगर, सल्लाकार प्रभा मंगर लगायत १४ जना सदस्यहरूको चयन गरिएको छ। स्मरण रहोस हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले चिया श्रमिकहरूले भोग्दै आईरहेको समस्याहरूलाई आवाजको रूप दिन्दै आई रहेको पार्टी प्रतिनिधिहरूले बताएका छन्। गत केही दिन अघि मात्र नामरिङ चियाबारीको समस्याहरूमाथि राज्यको श्रम मंत्री मलय घटक लगायत अन्य विभागीय अधिकारीहरूलाई पत्रचार गर्ने काम गरेपछि क्षेत्रीय श्रम विभागीय अधिकारीले बैठक पनि बोलाएका थिए।