दार्जीलिङ भष्ट्रचारको उदाङगो गर्न गोर्खा स्वाभिमान संघर्षले उठाए कदम।जनताले भोग्दै आएको समस्याहरूको समाधान गर्न सरकारले विभिन्न प्रकाराको योजनाहरू तयार गरेको छ अनि ती योजना हरू अनुरूप जनताले भोग्दै आएको समस्याहरूलाई समाधान गर्ने कार्यहरू गर्दै आई रहेको छ तर ती सरकारी योजनाहरू पहाडमा जारी गरेको भएता पनि सही प्रकारले जनता समक्ष पूग्न नसकेको धेरै जन गुनासोहरू अधि आएको छ। समाजिक संजालहरूदेखि लिएर स्थानीय पत्र पत्रिकाहरूमा पनि सरकारी योजना हरूमाथि भष्ट्रचार भएको खबरहरू भाइरल भई रहेको छ। जस्तै बाटो निर्माण गरिएको केही महिनाभित्रमा नै बाटो वीचबाट झार पलाएको द्वश्यहरू देखि लिएर नाला को निर्माण गरिएको सप्ताह दिनभित्रमा नै नालाको अस्तित्व मेटिएको आदि जस्ता धेरै प्रमाणहरू समाजिक संजाल एंव स्थानीय पत्र पत्रिकाहरूमा भाइरल हुदै आई रहेको छ।यसैक्रममा हिज मंगलबार मात्र मिरिकको एक जना ठेकादारलाई जीटीए चीफ अनित थापाले केन्द्रको धर जल योजनामा ७ प्रतिशतको मांग गरेको समाजिक संजालहरूदेखि लिएर स्थानीय समाचार पत्रहरूमा समेत प्रकाशित भएको छ।यी विषयहरूलाई ध्यानमा राख्दै गोर्खा स्वाभिमान संघर्षले जनतालाई तपाईहरूको नजरमा कुनै पनि ठाउँमा भष्ट्रचार भएको संदेह छ भने ७४७८८५९०५४/७०४७७८०६५४ नम्बरमा फोन गर्ने अनुरोध गरेको छ।