आगामी पञ्चायत चुनावलाई लिएर रोङ्गोमा हाम्रो पार्टीको सभा सम्पन्न

IMG-20230329-WA0188.jpg

कालेबुङ: आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनावलाई ध्यानमा राख्दै हाम्रो पार्टीले चुनावी कसरतलाई तीव्र रूप दिनु थालेको छ। यसै क्रममा आज कालेबुङ जिल्लाको ४५ नम्बर समष्टि अन्तर्गत पर्ने रोङ्गो जलढाकामा हाम्रो पार्टीको एक महत्वपूर्ण सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको ब्लक पर्यवेक्षक राजकुमार राई विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै हाम्रो पार्टीको समष्टि अध्यक्ष पेमा दोर्जे मोक्तान, सचिव अमिर गुरूङ, उपाध्यक्ष पवन सुनुवार, केन्द्रीय कमिटि सदस्य दीपेश गुरूङ आदि उपस्थित रहेका थिए। सभामा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डको इमान्दारितालाई जन जनमा पुराउने उपस्थित कार्यकर्ताहरूले संकल्प लिएको जानकारी प्राप्त भएको छ। सभामा हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै पहाडमा जनताको राजको कुरा गर्दै आई रहेको छ भन्ने चर्चा गर्दै हाम्रो पार्टीको संविधानको टुप्पोमा नै छुट्टै राज्यको मांगलाई प्राथमिकताको साथ राखिएको बताइएको छ।

About Author

Advertisement