अष्टमी स्नानको अवसरमा आमबाड़ीको करतोया नदीमा मानिसहरूको घुइँचो

6abed76a-25b8-48bc-907e-c206717ce696-1024x576.jpg

कुनै अप्रिय घटना हुन नदिन पुलिस सक्रिय

राजगञ्ज: आजदेखि सात दिवसीय मेला आमबाडीको करतोया नदीमा शुरू भएको छ। यसैले अष्टमी स्नानको अवसरमा आमबाड़ीको करतोया नदीमा आज मानिसहरूको अधिक भीड देखियो। राजगञ्जका विधायक खगेश्वर रायले यस दिन मेलाको विधिवत् उद्घाटन गरे। यस अवधि विधायक खगेश्वर रायले विधायक कोषबाट स्नान घाटको निर्माण गर्नका लागि ५ लाख रूपियाँ दिने घोषणा गरेका छन्। स्मरण रहोस, आमबाड़ीको अञ्चल मोडमा अष्टमी स्नानको अवसरमा करतोया नदीमा धेरै संख्यामा मानिसहरू भेला हुने गर्दछ। यसले गर्दा प्रत्येक वर्ष अष्टमी स्नानमा मेलाको पनि आयोजन गरिन्छ। यस वर्ष ५१औं अष्टमी स्नान तथा मेलाको आयोजना स्थानीय गंगा पूजा कमिटीको आयोजनामा सम्पन्न गरिएको छ।

आयोजक कमिटीको तर्फबाट ग्राम पञ्चायत उपप्रधान तुषार कान्ति दत्तले भने, प्रत्येक साल पारम्परिक अष्टमी स्नान अनि मेलामा लाखौं मानिसहरू सामेल हुन्छन्। श्रद्धालुहरूले करतोया नदीमा अष्टमी स्नानको साथमा गंगा पूजा पनि गर्दछन्। यसको लागि मानिसहरूलाई सबै प्रकारका प्रशासनिक सुविधा उपलब्ध गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement