विश्व भारती विश्वविद्यालयको दीक्षान्त समारोहलाई राष्ट्रपतिले गरिन् सम्बोधन

00-1-Draupadi-Murmu-President-of-India

कोलकाता: राष्ट्रपति द्रौपदी मुर्मुले मङ्गलबार गुरुदेव रवीन्द्रनाथ ट्यागोरले भारतलाई विश्वव्यापी क्षेत्रमा ज्ञानको प्रमुख स्रोतको रूपमा परिकल्पना गरेको बताइन्। राष्ट्रपति मुर्मुले एशियाका प्रथम नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ट्यागोरले स्थापना गरेको विश्व भारती विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै थिइन्। सेन्ट्रल युनिभर्सिटीकी भिजिटर राष्ट्रपति मुर्मुले पनि आफूले धेरै शैक्षिक र प्रतिष्ठित संस्थाको भ्रमण गर्ने सुअवसर पाएको बताइन्l विश्व भारतीको पहिलो भ्रमण विश्वका एक महान चिन्तकको सम्झनासँग जोडिएको हुनाले यो निकै विशेष भएको बताइन्। उनले भनिन्, ‘गुरुदेवले भारतलाई ज्ञानको मुख्य स्रोतको रूपमा परिकल्पना गर्नुभएको छl यही सिद्धान्तका आधारमा विश्व भारतीको स्थापना भएको होl’ उनले भारत र छिमेकी राष्ट्र बङ्गलादेशका दुई राष्ट्रिय गानहरू क्रमशः ‘जन गण मन’ र ‘आमार शोनार बंगला’ ट्यागोरद्वारा रचना गरिएको पनि बताइन्। राष्ट्रपतिले एक दिन अघि कोलकातामा ट्यागोरको पैतृक स्थल जोरसाँको ठाकुरबारीको भ्रमणको स्मरण गर्दै यो कुनै ‘तीर्थयात्रा’ भन्दा कम नभएको बताइन्। दीक्षान्त समारोहमा डिग्री लिन आएका विद्यार्थीहरूलाई राज्यपाल डा सीवी आनन्द बोस र उपकुलपति विद्युत चक्रवर्तीले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement