२९ मार्चः श्रीलंका र पाकिस्तान विरुद्ध हुने टी२० सीरीजको निम्ति न्यूजील्याण्ड क्रिकेट बोर्डले टम लाथमलाई कप्तान नियुक्त गऱ्यो। न्यूजील्याण्डले २, ५ र ८ अप्रेलमा पाकिस्तान विरुद्ध तीनवटा टी२० म्याचको सीरीज खेल्नेछ। त्यसपछि १४-देखि २४ अप्रेलसम्म श्रीलंका विरुद्ध पाँचवटा म्याचको सीरीज हुनेछ। यी दुवै यात्रामा लाथमले टीमको कप्तानी गर्नेछन्। बोर्डले श्रीलंका यात्राको निम्ति १३ सदस्यीय अनि पाकिस्तान यात्राको निम्ति १५ सदस्यीय टीमको घोषणा गरेको छ। चाड बोवेस र हेनरी शिपले दुवै टीममा सामेल छन्। बोवेसले २५ मार्चमा अकल्याण्डमा श्रीलंका विरुद्ध आफ्नो वनडे करियरको शुरुवात गरेका थिए अनि उनलाई यसपाली टी२० टीममा मौका दिइएको छ। कोल म्याककोञ्ची, रचिन रविन्द्र र टिम सीफर्ट दुवै टीममा २०२१ पछि पहिलोपल्ट देखिनेछन्। न्यूजील्याण्डका प्रशिक्षक ग्यारी स्टीडले भने, हामीले यस सीजनको शुरुवातमा भारत विरुद्ध टमको ताकत र शट्सको रेञ्ज देख्यौं। उनले जस्तै स्थितिमा पनि ब्याटिंग गर्न सक्छन्।
श्रीलंका यात्राको निम्ति टीमः
टम लाथम (कप्तान, विकेटकीपर), चाड बोवेस, मार्क चापम्यान, म्याट हेनरी, बेन लिस्टर, एडम मिल्ने, डेरल मिचेल, जिमी नीशम, रचिन रविन्द्र, टिम सीफर्ट, हेनरी शिपले, ईश सोढ़ी र विल यंग।
पाकिस्तान यात्राको निम्ति टीमः
टम लाथम (कप्तान, विकेटकीपर), चाड बोवेस, मार्क चापम्यान, डेन क्लीवर, म्याट हेनरी, बेन लिस्टर, एडम मिल्ने, कोल म्याककोञ्ची, डेरल मिचेल, जिमी नीशम, रविन रविन्द्र, हेनरी शिपले, ईश सोढ़ी, ब्लेयर टिकनर र विल यंग।