सूर्यकुमार यादवले गर्न सक्छन् मुम्बई इण्डियन्सको कप्तानी

IMG-20230329-WA0103.jpg

२९ मार्चः मुम्बई इण्डियन्स शिविरबाट प्राप्त खबर अनुसार नियमित कप्तान रोहित शर्मा इण्डियन प्रीमियर लीग (आईपीएल)-को केही म्याचहरूमा बाहिर बस्न सक्छन् अनि उनको अनुपस्थितिमा विध्वंशी ब्याटर सूर्यकुमार यादवले कप्तानी सम्हाल्नेछन्। रोहितको नजर कार्यभार प्रबन्धन (वर्कलोड म्यानेजमेण्ट) माथि रहेको छ कारण आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल जूनमा रहेको छ। यसको साथमा अक्टोबर-नोभेम्बरमा वनडे वर्ल्ड कप पनि रहेको छ। भारतीय कप्तान कुनै चोट बिना यी दुवै टुर्नामेण्टका हिस्सा बन्न चाहन्छन्। रोहित शर्माको चोटको एउटा ठूलो इतिहास नै रहेको छ अनि उनले चोटले गर्दा टीम इण्डियाको धेरै महत्त्वपूर्ण म्याचहरू मिस गरिसकेका छन् तर यसपाली उनी यस्तो गर्ने मूडमा छैनन्। यसैकारण आईपीएलमा उनले महत्त्वपूर्ण म्याचहरू मात्र खेल्नेछन् अनि अन्य म्याचहरूमा डगआउटमा बसेर सूर्यकुमारको मार्गदर्शन गर्नेछन्। 35 वर्षीय भारतीय कप्तानले अगावै राष्ट्रिय टोलीमा रहने खेलाड़ीहरूलाई आ-आफ्नो फ्रेञ्चाइजीहरूसँग चर्चा गरेर फिट रहन केही म्याचहरूमा विश्राम गर्ने परामर्श दिइसकेका छन्।
अष्ट्रेलिया विरुद्ध वनडे सीरीज गुमाएपछि रोहितले भनेका थिए, यो सब फ्रेञ्चाइजीमाथि निर्भर गर्नेछ। खेलाड़ीहरूले अब फ्रेञ्चाइजीको अधीनमा खेल्नेछन्। हामीले टीमहरूलाई केही संकेत त दिएका छौं तर अन्तिम फसेला फ्रेञ्चाइजीको हुनेछ। सबैभन्दा ठूलो कुरा यो धेरथोर खेलाड़ीहरूमा पनि निर्भर गर्नेछ। उनीहरू परिपक्व छन् अनि उनीहरूले आफ्नो शरीरको हेरचाह गर्नु पर्नेछ। आईपीएलमा कार्यभार अतिरिक्त भएको जस्तो अनुभव भए उनीहरूले एक-दुईवटा म्याचको ब्रेक लिन सक्छन् तर मलाई यस्तो केही हुनेछ जस्तो चाहिँ लाग्दैन। उल्लेखनीय छ, आईपीएलको गत सीजनमा मुम्बई इण्डियन्सको प्रदर्शन निराशाजनक रहेको थियो अनि टीम पोइण्ट्स टेबलको फेदमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement