कोविड़ भारत: कोरोनाको सक्रिय ११,९०३ मामिला

IMG-20230322-WA0137.jpg

कोरोनाको २,१५१ नयाँ मामिला, ७ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २,१५१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,०९,६७६ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले महाराष्ट्र मा ३, केराल मा ३ र कर्नाटक मा १ जना गरी कुल ७ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८४८ पुगेको छ। यसरी नै यस अवधिमा १,२२२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,६६,९२५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७८% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ११,९०३ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.५१ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.५३ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,४२,४९७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,१३,०३,७९२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ११,३३६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६५,७६,६९७ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement