अन्नपूर्ण आले अखिल भारतीय राज्य लोक/प्रशासनिक सेवा महासङ्घको वित्त सचिवको पदमा चयनित

IMG-20230328-WA0352.jpg

गान्तोक: अखिल भारतीय राज्य लोक/प्रशासनिक सेवा महासङ्घको १६औँ राष्ट्रिय सम्मेलन राजस्थानको जयपुर शहरमा गत २४ देखि २६ मार्चसम्म सम्पन्न भयो। उक्त सम्मेलनमा सिक्किम स्टेट सिविल सर्भिस अफिसर्स एसोसिएसन महासचिव श्रीमती अन्नपूर्ण आले र संयुक्त सचिव श्रीमती सुप्रिया छेत्रीले प्रतिनिधित्व गरेका थिए।

राजस्थान प्रशासनिक सेवा सङ्घले आयोजना गरेको यस बैठकमा अखिल भारतीय राज्य लोक/प्रशासनिक सेवा महासङ्घको निवर्तमान कार्यकारी समितिले नवनिर्वाचित कार्यकारी समितिलाई कार्यभार हस्तान्तरण गऱ्यो। उल्लेखनीय छ, प्रदेश सङ्घका प्रतिनिधिहरुबाट उम्मेदवारहरुको नाम प्रस्ताव र समर्थन गरी विभिन्न बैठकहरु मार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। अन्तमा मनोनयन गरिएका नामहरू निवर्तमान समितिले छानेको एउटा प्रदेशले प्रस्ताव गरेको थियो जसलाई उपस्थित सबै सदस्यहरूले सर्वसम्मतिले स्वीकार गरेका थिए। नवनिर्वाचित कार्यकारी समितिका सदस्यहरूमा राजस्थान प्रशासनिक सेवा संघको अध्यक्षमा गौरव बाजद अध्यक्ष, कर्नाटक प्रशासनिक सेवा सङ्घका अध्यक्ष रवि एम तिर्लापुर महासचिव र सिक्किम लोक सेवाका महासचिव श्रीमती अन्नपूर्ण आले वित्त सचिवको पदमा निर्वाचित भएका छन्।

उल्लेखनीय छ, १५ वर्षपछि यस पल्ट अखिल भारतीय राज्य लोक/प्रशासनिक सेवा महासङ्घको नयाँ कार्यकारी समितिको चुनाउ भएको हो। यसमा सिक्किम राज्यबाट पनि प्रतिनिधि चयन हुनु सिक्किम मात्र नभएर पूर्वोत्तर राज्यकै निम्ति गर्वको क्षण हो भन्दै सिक्किम लोकसेवा सङ्घले श्रीमती अन्नपूर्ण आलेलाई बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement