गान्तोक: तादोङस्थित दुर्गा मन्दिरमा आयोजित विश्वशान्ति महायज्ञ, वसन्त नवरात्र एवं वाल्मीकि रामायण रामकथामा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सहभागिता जनाए। गत २१ मार्चदेखि शुरू भएको महायज्ञको समापनआगामी ३० मार्चमा हुने आयोजक समितिले जानकारी गराएको छ। यस अवसरमा आयोजक समितिले आभार प्रकट गर्दै मुख्यमन्त्री तामाङलाई सम्मान जनाइयो। मुख्यमन्त्रीले यस मन्दिरको विकासहेतु सरकारको पक्षबाट १० लाख रुपियाँ प्रदान गरिएकोमा आयोजक समितिले मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेको छ। महायज्ञ पछि मुख्यमन्त्री तामाङले मन्दिर परिसरको भ्रमण गरेर संध्या आरतीमा उपस्थिति दिए।