गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिना अघिदेखि एक अभियान शुरू गरेको छ। यसै अभियान अन्तर्गत राज्य पुलिसले धेरै सफलता पनि हासिल गरेको छ। सोही क्रममा आज सदर पुलिसले ड्रग्स सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराए अनुसार पक्रा पर्ने व्यक्ति रे-खोला निवासी सञ्जय प्रधानकोरूपमा चिन्हित गरिएको छ। पुलिसको भनाइ अनुसार विश्वासनीय सुत्रले पुलिसलाई आरोपी प्रधान रेशीथाङस्थित खेलगाउँ नजिक संदिग्ध अवस्थामा घुमिरहेका सूचना दिएको थियो। सोही सूचनाको आधारमा पुलिस घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गर्न सफल बनेको बताइएको छ।

आरोपीबाट पुलिसले आरोपीबाट ७४ बोतल कफ सिरप, ३ हजार ९ सय १७ वटा सेम्पेक्स, ५५.१४३ ग्राम्स ब्राउन सुगर र १० वटा निटकोर ट्याबलेट् फेला पारेको छ। उक्त ड्रग्स आरोपीले एसके-०१-५७७६ वाहनभित्र लुकाएर राखेका थिए। पुलिसले आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।