२८ मार्चः सन्देश झिंगन अनि कप्तान सुनिल छेत्रीको गोलले हीरो त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल टुर्नामेण्टमा आयोजक भारत च्याम्पियन भयो। मंगलवार मणिपुरको राजधानी इम्फालस्थित खुमान लम्पक स्टेडियममा खेलिएको टुर्नामेण्टको तेस्रो म्याचमा भारतले किर्गिस्तानलाई २-०-ले पराजित गऱ्यो। आज भारतलाई च्याम्पियन बन्ने केवल ड्र-को आवश्यकता थियो। यसरी नै किर्गिस्तानलाई चाहिँ च्याम्पियन बन्ने जीतको आवश्यकता थियो कारण म्यांमार विरुद्ध उनीहरूको म्याच ड्र रहेको थियो। भारतको तर्फबाट आज सन्देश झिंगनले ३४औं मिनटमा पहिलो गोल गरे। उनले ब्रेण्डनको फ्री किकमा फूर्तिको साथ गोल गरे। त्यसपछि भारतीय कप्तान सुनिल छेत्रीले ८३औं मिनटमा पेनल्टीबाट गोल गरी विपक्षी टीमको चुनौतीलाई माटोमा मिलाए। भारतले यसअघि खेलिएको टुर्नामेण्टको उद्घाटन म्याचमा म्यांमारलाई १-०-ले पराजित गरेको थियो। त्यस म्याचमा एकमात्र गोल अनिरुद्ध थापाले छिराएका थिए।