दुईजना तस्कर ४२ वटा गाई-गोरु सहित पक्राउ

f7c7c383-fc01-42fd-bb93-38fafb54d351-1024x576.jpg

सिलगढी: मतिगढा थाना पुलिसले ४२ वटा गाई-गोरु सहित २ जना तस्करलाई पक्राउ गरेको छ।पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सुबोध साहा (३२) र अमर कुमार सिंह (२२) सामेल छन् । पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान असम नम्बर (AS 26 EC 0383 र AS 25 EC 0384) भएको २ वटा ट्रक बिहारदेखि ४२ वटा गाई-गोरु लिएर असममा तस्करी गर्ने उद्देश्य लगिरहेको पुलिसले गोप्य सुइँको पाए। मतिगढ़ा थाना पुलिसले फाँसीदेवा मतिगढा अन्डरपास नजिक अभियान चलाएर २ वटा ट्रकलाई रोकेर छानबीन गर्दा ४२ वटा गाई- गोरू उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले ट्रक चालकलाई उक्त गाई-गोरूको वैध कागजात माग्दा सो देखाउन नसकेपछि दुवै ट्रक चालकलाई गाई-गोरु तस्करी गरेको आरोपमा पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement