गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार बिहान आफ्नी पत्नी रिनकी भुइंया सरमाको साथ स्थानीय वशिष्ठ आश्रममा श्रीश्री बासन्ती पूजाको अवसरमा महासप्तमीको पूजा पूरा विधिविधानको साथ गरे। उनले सफा लुगा लगाएर वशिष्ठ नदीबाट गाग्रीमा पानी भरे। यस अवधिमा उनकी पत्नी पनि साथमा थिइन्। ब्राह्मणहरूले पूजाको पूरा विधि गराए मुख्यमन्त्रीले सोशल मीडियामा एक पोस्ट साझा गर्दै भने, नैतिकता र मूल्यबोध अघि बढ़ाउनका लागि आध्यात्मिक जीवनधारा मनुष्यलाई युगौं- युगौंदेखि प्रेरित गर्दै आईरहेछ। श्रीश्री बासन्ती पूजाको महासप्तमीको दिन आफ्नी पत्नी रिनकी भुइंया सरमाको साथ वशिष्ठ मन्दिरमा राज्यको – मंगलको कामनाको निम्ति पूरा भक्तिभावले पूजा-अर्चना गरे।