कालेबुङ: कालेबुङ जिल्लाको पेदोङ ब्लकको कागे पञ्चायत अन्तर्गत ललित कुमार गुरुङको हाउसदेखि रेसी खोला, लोवर रबेकसम्म जाने ४.२० किलोमीटर सडकको एउटा कार्यक्रमबीच शिलान्यास गरियो। यो शिलान्यास कार्यक्रममा मुख्य अतिथिका रूपमा कालेबुङ जिल्लापाल (आइएएस) आर बिमलाको विशेष उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा पेदोङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, कालेबुङका एसपी (आइपीएस) अपराजिता राई, कालेबुङका विधायक रूदेन लेप्चा, ३८ नम्बर समष्टि सभासद कुमार शर्माको विशेष उपस्थिति रहेको थियो । यो सडकको निर्माण कार्य मोठ ४ करोड ५ लाख ४ हजार ७२५ रूपियाँको लागतमा गरिने भएको छ भने आगामी दुई वर्ष अर्थात २७ मार्च २०२५ सम्ममा निर्माण कार्य समाप्त गरिने बताइएको छ।