अन्नपूर्ण आले अल इण्डिया फेडरेशनको वित्त सचिव निर्वाचित

गान्तोकः अल इण्डिया फेङरेशन अफ्‌ स्टेट सिविल/एडमिनिस्ट्रेटिभ सर्विसेजको १६ औं राष्ट्रिय सम्मेलन २४ देखि २६ मार्चसम्म राजस्थानको जयपुरमा आयोजन गरियो। सम्मेलनमा सिक्किम स्टेट सिविल सर्विस अफिसर्स एसोसिएशनलाई प्रतिनिधित्व गर्दै संघकी महासचिव अन्नपूर्ण आले र संयुक्त सचिव सुप्रिना छेत्री सहभागी बने। राजस्थान एडमिनिस्ट्रेटिभ स्विस एसोसिएशनद्वारा आयोजित सम्मेलनमा २६ मार्चका बस्यो। आम सभामा फेङरेशनको नयाँ कमिटी गठन गरियो। नयाँ कमिटीमा सिक्किम स्टेट सिविल सर्विस दिन फेङरेशनको आम सभा बस्यो। आम सभामा फेडरेशनको नयाँ कमिटी गठन गरियो। नयाँ कमिटीमा सिक्किम स्टेट सिविल सर्विस अफिसर्स एसोसिएशनकी महासचिव अन्नपूर्ण आलेलाई फेडरेशनको वित्त सचिव निर्वाचित गरिएको छ। फेडरेशनको नयाँ कमिटी १५ वर्षको लामो समयपछि गठन गरिएको हो। फेङरेशनको कार्यकारी समितिमा अन्नपूर्ण आलेको चयन सिक्किमलगायत पूर्वोत्तर राज्यहरूकै निम्ति गर्वको विषय रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement