वाहनबाट २२ लाख बरामद, पाँच पक्राउ

972681f6-df78-4b92-8f99-231078910360

राजगञ्जः नाका चेकिङका क्रममा चारपाङ्ग्रे सवारीसाधनबाट २२ लाख ४६ हजार रुपियाँ बरामद भएको छ । यसै क्रममा राजगञ्ज पुलिसले यस मामिलामा ५ जनालाई पक्राउ गरेको छ । सोमबार राति ५ लाख रुपियाँसहित ५ जना पक्राउ परेको बताइएको छ । साथै एक चार पाङ्ग्रे सवारीसाधन पनि नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा दार्जिलिङका ३३ वर्षीय गुञ्जन राई, जलपाइगढीका ४८ वर्षीय धनेश्वर बर्मन, कुचबिहारका ४२ वर्षीय भूपेन बर्मन, म्यानागढीका ३४ वर्षीय प्रह्लाद बर्मन र ३० वर्षीय कमल राई रहेका छन्।पुलिस स्रोतअनुसार नाका चेकिङका क्रममा जलपाइगढी तर्फबाट आउँदै गरेको चारपाङ्ग्रे गाडीबाट यो रकम बरामद भएको हो । पक्राउ परेका अभियुक्तहरूलाई आज जलपाइगढी जिल्ला अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement