पञ्चायत उप-चुनाउको निम्ति सबै उम्मेदवारहरूको नामाङ्कन पत्र स्वीकृत

Untitled-1-copy-78

नाम्चीः आगामी २० अप्रेलको दिन हुने उप-चुनाउको निम्ति आज उम्मेदवारहरूको नामाङ्कन पत्र जॉंच गरियो। नामाङ्कन पत्र फिर्ता लिने अन्तिम मिति ३१ मार्च रहेको छ। प्राप्त जानकारी अनुसार, नाम्ची जिल्लाको तीनवटा ग्राम पञ्चायत वार्डमा उप-चुनाउको निम्ति आज मोठ ८ जना उम्मेदवारले नामाङ्कन पत्र दर्ता गरेका थिए। सबै उम्मेदवारहरूको नामाङ्कन पत्र स्वीकृत गरिएका छन्।

नाम्ची जिल्लाको तीनवटा वार्ड लोवर गाङयोङ, अप्पर फालीडाँड़ा र अप्पर छलमथाङमा पञ्चायत उप-चुनाउ प्रस्तावित रहेको छ। उम्मेदवारहरूले आगामी ३१ मार्चसम्म आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement