उप-चुनाउः मंगन जिल्लाका सबै उम्मेदवारहरूको नामाङ्कन पत्र स्वीकृत

n4847009681680016038051c09b66bb88deec9f7b8c188d166dbf40d958b433b46ce158ce4f3f3ecaaca15f.jpg

मंगनः मंगन जिल्लामा प्रस्तावित जिल्ला अनि ग्राम पञ्चायत उप-चुनाउको निम्ति सबै पॉंच उम्मेदवारहरूको नामाङ्कन पत्र स्वीकृत भएका छन्। आज जिल्लापाल एवम् चुनाउ अधिकारी हेमकुमार छेत्रीको उपस्थितिमा सम्पन्न गरिएको नामाङ्कन पत्र जॉंचमा सबै उम्मेदवारहरूको नामाङ्कन पत्र स्वीकृत गरिएको हो।

मंगन जिल्लामा चार उम्मेदवारले जिल्ला पञ्चायत र एक उम्मेदवारले वार्ड पञ्चायतको निम्ति नामाङ्कन बुझाएका छन्। नामाङ्कन फिर्ता लिने अन्तिम तिथि ३१ मार्च निर्धारित रहेको छ। स्मरण रहोस्, आगामी १२ अप्रेलमा उप-चुनाउको निम्ति मतदान हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement