अनित थापाले दिए चेतावनी सँगै सुझाव

00-1-IMG-20230328-WA0294

‘मौरीलाई पनि बेसी चलायो भने चिल्छ: अनित थापा 

दार्जीलिङ: हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले आफूमाथि कमिसनको आरोप लगाएको भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल अनित थापामा आक्रामक बनेl त्यही विषयमा अनित थापाले अजय एडवर्ड्समाथि आक्रामक बन्दै भने, ‘उसलाई सोध्नु, मैले उसलाई पैसा मागेको थिएँ कि काम गर्दा सहयोग चाहिन्छ भनेर सहयोग गर्ने वचन दिएको थिएँ?’ अनित थापाले भने, ‘मिरिकका एकजना सरदारले सिटोङको काममा टेन्डर हालेका थिए। मैले ती भाइलाई भनेको थिएँ, सिटोङको काम सिटोङ कै भाइहरूले गर्छन्, तिमी मिरिकको काम गर्नु। काम गर्दा मेरो सहायता चाहिन्छ भने म गर्छुसम्म भनेको थिएँl’

अजय एड्वर्ड्सलाई उनले भने, ‘अजय भाइले जुन भाईसँगको मेरो कुराको स्क्रीन शट अपलोड गर्नुभयो, म भन्छु त्यो भाइलाई मेरो अघि ल्याउनु। उसलाई सोध्नु मैले उसलाई पैसा मागेको थिएँ कि काम गर्दा सहयोग चाहिन्छ भनेर सहयोग गर्ने वचन दिएको थिएँ? लिडरको व्यवहार यस्तो हुँदैन। त्यो भाइलाई मेरो अघि ल्याउनुहोस्। म उसलाई सामना गर्नु तयार छु। म स्पष्ट मान्छे हुँl’

उनले अजय एडवर्ड्सलाई सुझाव दिँदै भने, ‘तपाईंकोमा पब्लिकलाई बताउने कुनै कुरा छैन। जल जीवन मिसनको काम त्यसै आएको होइन। अहिले योजनाको १० प्रतिशत पनि काम भएको छैन। म गाउँ गाउँ पुगेर मानिसलाई जागरुक बनाउनु लागेको छु। उनीहरू जागरुक हुनु नै हामीले सोचेको विचारको परिवर्तन हो। गुणात्मक कामले नै विकास आउँछl’ थापाले आज फेरि सुधन गुरुङले आफू माथि थानामा उजुरी गरेको विषय माथि बोल्दै भने, ‘मैले कालेबुङको भाषणमा बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि बन्नु दिँदैन भनेको थिएँ। एउटा बाँदरले म नै त्यो बाँदर हुँ भनेर मविरूद्ध पुलिस चौकीमा उजुरी गरेछ। उजुरीमा मेरो जीवित बाबालाई मृत घोषित गरेछ। बाँदरले अरुको नौकरी त खायो खायो, मेरो जिउँदै बाबालाई पनि मारी दियो। बाबासँग मेरो सम्बन्ध अति नै गहिरो छ। म उ माथि पक्का मानहानीको मुद्दा लगाउनेछुl’

अनित थापाले चेतावनी दिँदै भने, ‘म चुपचाप काम गर्ने मान्छे हुँ। कसैलाई नबिझाऊ भन्छु। रिस त उठ्छ नी तर दबाएर राख्छु। मौरीलाई पनि बेसी चलायो भने चिल्छ। मेरो चिलाईले चाहिँ खिल पनि निकाल्नु गार्हो हुन्छ। तर म कसैलाई चिल्नु चाँहदिन। सबैले आआफ्नो तरिकाले काम गर्दैछन्। मैले कसैको काम माथि खुट्टा हालेको छुइनँ। मलाई पनि काम गर्नु दिनुl’ पहाडमा खुल्ला बोल्ने परिवेश बनाएको बताउँदै उनले भने, ‘खुल्ला बोल्ने पहाडको परिवेश बनाउने यही भागोप्रमो पार्टी हो। अझै खुल्लम खुल्ला बोल्नु। तर मान्छेलाई भड्काएर तिमीले भोट पाउँदैनौ। म कफी खाँदै बनिएको नेता होइन। जेल नेल सहेर बनेको नेता हुँ मl’ अनित थापाले सुकेपोखरी खण्डका कर्मीहरुलाई लिएर आज सुके सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, दार्जीलिङ महकुमा समितिले आयोजना गरेको कर्मी सभालाई सम्बोधन गर्दै थिए। सभामा महासचिव अमर लामा, डी के प्रधान, केशव राज पोख्रेलको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement