तीनधारे: तीनधारेको युवा कवि तथा कलाकार अनिल ब्राह्मणले शुरु गरेको चौतारी रेस्टुरेन्टमा चौतारी कविता पनि शुरु भएको छ। उक्त पहिलो कार्यक्रममा मुख्य अतिथिको रूपमा युवा कवि प्रयास प्रधान उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा कवि रुपेश अधिकारी कालेबुङबाट आएका थिए। सतीस राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण अनिल बिद्रोहीले राखेका थिए भने कार्यक्रममा प्रयास प्रधान, मञ्जु शर्मा, रुपेश अधिकारीले गजल, कविता, मुक्तक वाचन गरेका थिए। यो पहिलो प्रकरण हो र यो कार्यक्रम गर्नुको उद्देश्य नेपाली साहित्यमा पछाडी रहेका साहित्यकारहरुलाई अघि ल्याउनु हो भन्दै यो चौतारी कविताको आयु लामो छ र यसमा सबै साहित्यकारहरुको साथ र सहयोग चाहिएको छ भनी अनिल बिद्रोहीले कुरा राखेका थिए। कार्यक्रम शुरु हुन अघि समाजसेवी, राष्ट्रीय शिक्षक पुरस्कार प्रापक हरिप्रसाद छेत्रीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै आत्मा शान्तिको लागि मौन प्रार्थना गरिएको थियो।