खरसाङ क्षेत्रमा १ अप्रेलदेखि शुरु हुने द्वारे सरकार क्याम्प

Duare-Sarkar.jpg

खरसाङ: खरसाङ क्षेत्रमा द्वारे सरकारको क्याम्प आगामी १ अप्रेलदेखि शुरु हुने भएको छ। सूचना अनि सांस्कृतिक विभाग खरसाङले दिएको जानकारी अनुसार खरसाङको नगरपालिका क्षेत्र र खरसाङ खण्डको विभिन्न स्थानहरूमा आगामी १ अप्रेलदेखि द्वारे सरकारको क्याम्प शुरू हुने भएको छ। प्राप्त जानकारी अनुसार आगामी अप्रेल महिनाको १, ४, ५, ६, ८, १० मा खरसाङ नगरपालिका क्षेत्रमा र खरसाङ खण्ड क्षेत्रको लागि द्वारे सरकारको क्याम्प बस्ने भएको छ। खरसाङ नगरपालिकाको लागि राज राजेश्वरी भवनमा अनि स्नो भ्यु पोइन्टमा द्वारे सरकारको क्याम्प बस्नेछ भने खरसाङ खण्डको लागि विभिन्न ग्राम पञ्चायतहरूमा रहेका विभिन्न स्थानहरूमा द्वारे सरकारको क्याम्प सम्पन्न हुने भएको छ। यी क्याम्पहरूमा जनसाधारणले सरकारको विभिन्न योजनाहरू र प्रकल्पहरूको फाइदा लिन सक्नेछन्। यसपाली द्वारे सरकारको क्याम्पमा सरकारको जम्मा ३३ वटा विभिन्न योजनाहरू विषयमा फारम भर्न सक्ने अनि यसको फायदा लिन सक्ने जानकारी प्राप्त भएको छ। सरकारको विभिन्न योजनाहरूको लाभ उठाउन द्वारे सरकारको क्याम्पबाहेक पनि मोबाइल द्वारे सरकार पनि आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ
मोबाइल द्वारे सरकारको क्याम्प सम्पन्न गराउन गाड़ीमा नै क्याम्प हुने भएको छ। यस अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा भिक्टोरिया ग्राम, डाउहिल पाखा र टेकवीर बस्तीमा मोबाइल द्वारे सरकारको क्याम्प सम्पन्न हुने जानकारी प्राप्त भएको छ। या विभिन्न स्थानहरूमा र विभिन्न समयमा हुने द्वारे सरकारको क्याम्पमा जनसाधारणले सरकारको विभिन्न योजनाहरू र प्रकल्पहरूको फाइदा लिन सक्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement