गोरामुमो अध्यक्ष मन घिसिङद्वारा वरिष्ठ संगीतकार गणेशकुमार घिसिङ अनि अर्जुन घिसिङलाई श्रद्धाञ्जली अर्पण

IMG-20230328-WA0329.jpg

सोनादा: गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आज अप्पर सोनादा भ्रमण गर्दै वरिष्ठ संगीतकार गणेश घिसिङ अनि गोरामुमो कर्मठ सदस्य अर्जुन घिसिङलाई उनको वासस्थान पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। यसै क्रममा अध्यक्ष मन घिसिङले परिवारका सदस्यहरु संग भेटघाट गरी संवेदना प्रकट गर्दै परिवारसँग लामो समय बिताएका थिए। वरिष्ठ संगीतकार स्वर्गीय गणेशकुमार घिसिङले आफ्नो संगीत क्षेत्रमा गोर्खालाई एउटा परिचय दिएका छन्। उनको योगदानलाई हामीले भुल्न हुँदैन। सन् १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा ती वीर योद्धाहरुलाई उर्जा प्रदान गर्न साथै सरकारलाई गोर्खाहरुको मुद्दालाई बुझाउन संगीतमार्फत् आफ्नो अहम भूमिका निभाएका थिए। म वहाँको योगदानलाई सम्मान जनाउन आज वहाँको बासस्थान आएको हो भनी अध्यक्ष मन घिसिङले आफ्नो विज्ञप्तिमा जनाएका छन्।

यसै क्रममा मैले आज गोरामुमो कर्मठ सदस्य स्वर्गीय अर्जुन घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्न उनको बासस्थान पुगे। स्वर्गीय अर्जुन घिसिङको योगदान हामी भुल्न सक्दैनौं। पार्टीमा वहाँको योगदानको उदाहरण सबैले लिने गर्छ। आफ्नो अन्तिम क्षणसम्म पनि हरियो झण्डालाई धेरै परिस्थितिहरुको सामना गरेर पार्टीलाई दिएको योगदानलाई म सदैव सम्मान जनाउँदछु।परिवारको दुःख सुखमा म सदैव साथ दिनेछु भनी गोरामुमो अध्यक्ष मन घिसिङले जनाएका छन्। यसै क्रममा आज गोरामुमो अध्यक्ष मन घिसिङले १९८६ सालको आन्दोलनमा आफ्नो अहम योगदान पुर्‍याउन हुने परिवारका सदस्यहरुलाई पनि उनीहरुको बासस्थान पुगेर भेटघाट गर्दै खदा लगाएर सम्मान जनाएका थिए।

आजको सोनादा भ्रमणको क्रममा अध्यक्ष मन घिसिङको साथमा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, अरुण राई, खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङ, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष सुरज कटुवल, सोनादा टुङ समष्टिका प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरु उपस्थित रहेको थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement