कुचबिहार: कोलकता उच्च अदालतले केन्द्रीय गृहमन्त्री निशिथ प्रामानिकको कारमा भएको आक्रमणको सीबीआई जाँच गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राई चटर्जीको डिभिजन इजलासले अनुसन्धानको भार सुम्पिएको आदेश दिएको हो। विपक्षी दलका नेता सुभेन्दु अधिकारीले सीबीआईबाट निष्पक्ष छानबिन गर्न दायर गरेको मुद्दामा कोलकत्ता उच्च अदालतका मुख्य न्यायाधीशको डिभिजन बेन्चले यस्तो आदेश दिएको हो। उच्च अदालतले राज्य सरकारलाई अनुसन्धानका सबै कागजातहरू तुरुन्तै सीबीआईलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ। कुचबिहारको साहेबगञ्ज पुलिस स्टेशनको पुलिसले घटनाको अनुसन्धान गरिरहेको थियो। २५ फरवरीमा कुचबिहारमा निशिथ प्रामानिकको कारमा हमला भएको थियो। जसमा तृणमूलले कुचबिहारको दिनहाटामा केन्द्रीय गृहमन्त्रीको गाडीमा बाँस र लाठीले आक्रमण गरेको आरोप लगाइएको छ। मन्त्रीको गाडीको सिसा फुटेको छ। घटनाले क्षेत्रमा ठूलो तनाव उत्पन्न भएको छ। आक्रमणमा निशिथ प्रामानिक घाइते भएको भाजपाले आरोप लगाएको छ। घटनामा दुवै पक्षका धेरै जना घाइते भएका छन्।