नक्सलबारी: रामकृष्ण मिशनको १२५औं वर्षगाँठको अवसरमा स्वामीजीको सन्देश जिल्लाहरूमा पुऱ्याउने उद्देश्य लिएर शाश्वत भारत रथ निकालियो। यो शाश्वत भारत रथ आज नक्सलबारी आइपुगेको छ। शाश्वत भारत रथ परिक्रमा जलपाईगढी रामकृष्ण मिशनद्वारा शुरू गरिएको हो। यो रथ आज नक्सलबारी हिन्दी हाई स्कुल पुगेपछि विद्यार्थीहरूलाई स्वामीजीको विभिन्न सन्देशबारे जानकारी गराइयो। यसपछि एउटा बाइक रेली पनि निकालिइयो। यो रेली विद्यालय प्राङ्गणबाट शुरू गरेर नक्सलबारी शारदा विद्यामन्दिरमा पुगेर समापन गरियो। यो रथ नक्सलबारीबाट खोरीबारी, घोषपुकुर, उत्तर दिनाजपुर हुँदै मालदाको परिक्रमा गरेर पुनः जलपाईगढी पुग्नेछ। यस सम्बन्धमा रामकृष्ण मिशनका सदस्य परितोष वर्धनले भने यो रथ स्वामीजीको विचार तथा देशभक्तिको सन्देश फैलाउने उद्देश्य लिएर ५ वटा जिल्लामा परिक्रमा गर्नेछ।