बिजनबारी: दार्जिलिङको बिजनबारी पुलबजार खण्ड अन्तर्गत सुदुरवर्ती मझुवा ग्राम पञ्चायतको भीरगाउँमा एमआई स्किममार्फत खेतीमा लगाउने पानीको काममा व्यापक लापरवाही भएको जनगुनासो प्रकाशमा आएपछि जीटीए विभागीय अधिकारीले निरीक्षण गरे। प्राप्त जानकारी अनुसार एमआई स्किम अन्तर्गत उक्त पानी एग्री इरिगेशन विभागले वित्तीय वर्ष २०२०-२१ राशि आवन्टन गरेपछि आवन्टन राशि १९ लाख ६० हजार ६ सय रूपियाँको लागतमा कार्य गरिएको थियो।तथापि एग्री इरिगेशनको काममा ठूलो धाँधली भएको सञ्चार माध्यममार्फत प्रकाशमा आएपछि यस बिषयलाई लिएर विभागीय कार्यकारिणी निर्देशक, विभागीय अभियन्ता, सुके मानेभन्ज्याङ समष्टि सभासद उदय देवान, भीर गाउँ उदय समाजका प्रतिनिधिगण लगायत स्थानीय नागरिकहरूको उपस्थितिमा कार्यको निरीक्षणगरे। यसपछि अधिकारीले गाउँवासीसँग कुराकानी गर्दै उक्त कार्य पुनः सुरूवात गरेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने आश्वासन दिएको बताइएको छ।