हाम्रो पार्टीको सांगठनिक विस्तार तीव्र गतिमा

IMG-20230328-WA0291.jpg

भागोप्रमोको नेतृत्वहरूले चूनावको समयमा मात्र विकाशको कुराहरू गर्छन: छेव डाडाको बासिन्दाहरू

दार्जीलिङ: हाम्रो पार्टीको सांगठनिक विस्तार तीव्र गतिमा चल्दै आई रहेको छ। यसैक्रममा आज सुकिया मानेभ्याङ समष्टि अन्तर्गत पर्ने छेव डाडा गाउँ मा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभामा गाउँबासीहरूको अपार उपस्थिति रहेको थियो। सभामा गाउँलेहरूले हाम्रो पार्टीले मात्र गोर्खाहरूलाई न्याय दिलाउँन सक्छ भन्दै हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता लाई जन जनमा पूराउँने आजको सभाले निर्णय लिए। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा छेव डाडाको गाउँलेहरूले गत जीटीए सभाको चूनाव अवधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शीर्ष नेतृत्वहरूले आफुहरू को गाउँको बाटोको अवस्था देखेर बाटो बनाई दिने वाचा गरेको थियो तर आज जीटीए सभाको बोर्ड गठन भएको ९ महिना विति सक्दा पनि बाटोको जीर्णद्वार समेत गरी दिएको छैन, यसले भागोप्रमोको नेतृत्वहरू आफ्नो वचनप्रति कतिको इमान्दारिता छ भन्ने स्पष्ट भएको छ भन्ने उपस्थित भीडलाई बताए।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स वचनको पक्का छन,उनले जे गर्छु भन्छ त्यो गरेर देखाउँछ। हाम्रो पार्टी सत्तामा छैन तर पनि जनताको हितमा धेरै कामहरू गर्दै आई रहेको छ। हाम्रो पार्टी जस्ता राजनैतिक दललाई हामीले पहाडमा ल्याउन सक्यौ भने पहाडको एक एक समस्याको समाधान हुनेछ, यसमा कुनै संदेह नरहेको गाउँलेहरूले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement